कुनै पनि विषयको ज्ञान प्राप्त गर्नका लागि हामीले विभिन्न उपायहरू लगाउन सक्दछौँ । जस्तै अनुमान गर्न सक्दछौं । प्रत्यक्ष रूपमा हाम्रा इन्द्रियद्वारा अनुभव गर्न सक्दछौँ । अथवा अरु कसैले भनेको सुनेर वा देखेर ज्ञान हासिल गर्न सक्दछौँ । तर यी सबै माध्यम पूर्ण छैनन् । किनभने अनुमान गरेर निकालेको निष्कर्ष शतप्रतिशत सत्य हुन्छ भन्ने कुनै निश्चितता छैन । अव प्रत्यक्ष अनुभव गरेको विषय पनि इन्द्रियहरू अपूर्ण हुनाले यिनको अनुभव गरेको विषय पनि परिपूर्ण हुन्छ भन्ने निश्चित छैन । उदाहरणका लागि तातो पानी छामेर मनतातो पानीमा हात लगायौँ भने चिसोको अनुभुति हुन्छ तर चिसो पनि छोएर मनतातो पनि छोयौँ भने तातोको अनुभूति हुन्छ । हाम्रा इन्द्रिय अपुरो नभएको भए त पानी एकै तापक्रमको हुँदा हाम्रो अनुभूतिमा कुनै फरक नपर्नु पर्ने हो । त्यसै गरी इन्द्रियहरू अपूर्ण मात्र छैन बद्ध पनि छन् न त धेरै नजिकको कुरा हामी ठम्याउन सक्छौँ । न त धेरै टाढा कै, न धेरै चर्को आवाज बुझ्न सक्छौँ न त धेरै सानो नै । यस प्रकार हामीमा प्रत्यक्ष अनुभवद्वारा धर्मको विषयमा ज्ञान प्राप्त गर्ने सामथ्र्य छैन । यस कारणले अव पूर्ण ज्ञानको स्रोतलाई ज्ञान आर्जनको माध्यम बनाउनु पर्ने हुन्छ । पूर्ण ज्ञानको स्रोत के हुन सक्छ त भन्दा पहिले पूर्ण ज्ञान कसले दिन सक्छ? पूर्ण ज्ञान पूर्ण व्यक्तिले मात्र दिन सक्दछ । र त्यस परम पूर्ण व्यक्ति को हो त भन्ने प्रश्नमा वैदिक स्रोतले यस प्रकार पुष्टि गर्दछन् ।
ॐ पूर्णमद ः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
(श्री इशोपनिषद् मंगलाचरण)
परमेश्वर भगवान परिपूर्ण हुनुहुन्छ । उहाँ परिपूर्ण भएकाले यो व्यक्त जगत जस्ता उहाँका उद्गमहरू पनि पूर्णताले युक्त छन् । परिपूर्णबाट जे जे उत्पन्न हुन्छन्, त्यो पनि आफैमा पूर्ण हुन्छ । उहाँ परिपूर्ण भएकाले उहाँबाट जतिसुकै पूर्णतत्वहरू निर्गत भएता पनि उहाँ परिपूर्ण नै रहनु हुन्छ ।
पर पूर्णतत्वबाट आएको वस्तु पनि पूर्ण हुने कारणले परमपूर्णबाट उद्भव भएको ज्ञानको स्रोतलाई पूर्ण विश्वसनीय स्रोतको रूपमा धर्मको पनि स्रोत भन्न सकिन्छ । त्यो परिपूर्ण स्रोतबाट आएको धर्मको पनि स्रोतको विषयमा निक्र्योल गर्न यमदूतहरूद्वारा विष्णुदूतलाई श्रीमद्भागवतको ६.१.४० मा उल्लेख गरेको श्लोक यहाँ सान्दर्भिक हुन्छ ः
वेदप्रणिहितो धर्मो ह्यधर्मस्तद्विपर्यय ः
वेदो नारायणः साक्षात्स्वम्भूरितिं शुश्रुम ।।
वेदले निश्चित गरेको कर्म नै धर्म हो भने त्यसको विपरित कर्म सवै अधर्म हो । धर्मको सिद्धान्तको स्थापना वेदले गर्दछ । वेद स्वयम् नारायणबाट उद्भव भएको हो भने, नारायण स्वयंप्रकट हुनुहुन्छ ।
केवल वेद शास्त्रले भनेका कारण मात्र प्रमाणिक स्रोत मान्ने आधार के त? भन्ने प्रश्न आउन सक्छ । यसका लागि वदेका केहि विषयहरू जो विज्ञानले हालसालै ठूलो उपलब्धिका रूपमा व्याख्या गरेका उदाहरणहरू जस्तै भागवतमा उल्लेखित आणविक–परमाणविक वाद ९बतयmष्अ बलम क्गद बतयmष्अ अयलअभउत०, सातत्यवादको सिद्धान्त (atomic and Sub atomic concept), (space time continuum theory), जीव विज्ञान (Life science), सूर्य सिद्धान्तमा वर्णित खगोल विज्ञान तथा विभिन्न ग्रह उपग्रहको दूरी–तिनको व्यास (Astro physics etc), Ayurvedic , आदि (medicine, surgery), ऋग वेदीय विद्युतिय विषयहरू हुँदै अहिलेको विमानदेखि हात हतियार र युद्ध विमान (Aviation, Artillery to missiles etc) सम्मका विषयहरू वेदका देन वा वेदमा वर्णित विषयहरू छन् । यी बाहेक भविष्य पुराणमा वर्णित विषयहरू जो हाल आएर सत्य सावित हुँदैछन्, आदिलाई वेदको विश्वसनियताका प्रमाणको रूपमा लिन सक्छौँ । केवल कुनै पनि प्रमाणिक वैदिक शास्त्रको केवल एकपटक मात्र अध्ययन गर्ने वा गरेको व्यक्तिका लागि वेदको प्रकमाणिकता सम्बन्धमा कुनै उदाहरण दिइराख्नु पर्ने जरुरत नै पर्दैन । माथिका उदाहरण त केवल अपठितहरूलाई एक पटक वैदिक ग्रन्थ पल्टाउन र पढ्न प्रोत्साहन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छन् । अव जसले साँच्चै नै परम सत्य र परिपूर्ण ज्ञानको खोजी गर्दै छ, उसले एकपटक स्वयं वैदिक ग्रन्थको अध्ययन गरेर पनि यसको वैज्ञानिकता र परम सत्यताको विषयमा परीक्षा गर्न सक्छन् तर जो ग्रन्थ पल्टाउने प्रयासै गर्दैनन् तिनका लागि प्रमाणको र उदाहरणको ठेलि नै बनाएर प्रस्तुत गरे पनि बुझाउन सकिन्न । नेपालीमा प्रचलित उद्गार छ “निदाएकोलाई व्युँझाउन सकिन्छ, निदाएको नाटक गर्नेलाई होइन” यस विषयमा पनि सोही उद्गार लागु हुन्छ । वैदिक ग्रन्थलाई सैद्धान्तिक, व्यवहारिक वा वैज्ञानिक वा प्राज्ञिक कुनै पनि हिसाबले आज सम्म कसैले पनि प्रश्न उठाउन नसकेको कुरा पनि मनन गर्नुपर्ने हुन्छ ।
अव यस वेदद्वारा प्रणित सनातन धर्मलाई नै लौकिक प्रचलनमा बैदिक सनातन धर्म भनि व्याख्या गरिन्छ । यो कुनै मतवाद वा समय काल खण्डमा निर्मित नभै जवदेखि जीवको अस्तित्व छ त्यही समयदेखि नै वैदिक सनातन धर्मको पनि अस्तित्व छ । यसको निरूपण वेदले गरेका कारण यसलाई वैदिक सनातन धर्म भन्ने गरियो । वेदले जे व्याख्या गर्छ त्यही नै धर्म हो भने संसारमा प्रचलित इसाई मत, मुसलमान मत, बौद्ध मत वा जैन आदि के हुन् ? यसको प्रमाणिकता के छ त ? के बैदिक ग्रन्थले यस विषयमा केही बोलेको छ ? छ भने कहाँ के भनेको छ ? यस प्रकारका प्रश्नहरू हाम्रो मनमा उत्पन्न हुन स्वभाविक हो । अव यस सम्बन्धमा वैदिक ग्रन्थहरू तथा वैदिक सनातन धर्मको प्रमाणिक स्रोतहरूले के भन्दछन् त भन्ने कुरा क्रमबद्ध रूपमा प्रत्यक प्रख्यात मतहरूलाई शीर्षकबद्ध गरी संक्षिप्त रूपमा चर्चा गरौँ । विस्तृत व्याख्याका लागि त वैदिक ग्रन्थ नै छँदैछन् । त्यहाँ केवल सार संक्षेप मात्र प्रस्तुत गरिने छ ।
वैदिक ग्रन्थहरूमा भूतकालमा के भयो भन्ने देखि वर्तमानमा के हुँदैछ र भविष्यमा के हुने छ भन्नेसम्मको सम्पूर्ण व्याख्या पाइन्छ । वेदभन्दा बाहिर केही पनि छैन । वेदले नदेखेको वा नलेखेको वस्तु वा विषय अस्तित्वमा नै छैन । यस कारणले यी विभिन्न किसिमका मतवादहरू वेद बाट भिन्न हुने प्रश्न नै उठ्दैन । उदाहरणका लागि ः
बौद्ध मत ः
श्रीमद भागवत प्रथम स्कन्ध तेस्रो अध्याय २४ औँ श्लोक
तत ः कलौ सम्प्रवृत्ते सम्मोहाय सुरदिषाम् ।
बुद्धो नान्नांञ्जन सुतः किकटेषु भविष्यति ।।
कलियुगको प्रारम्भमा किकट प्रान्तमा धार्मिक व्यक्तिहरूप्रति द्वेषगर्नेहरूलाई सम्मोहित गर्नका लागि अन्जनाको छोरा बुद्धको रूपमा प्रकट हुनुहुने छ ।
यस श्लोकमा भविष्यमि पद प्रयोग भएको छ किनभने भागवतको रचना भगवान् बुद्ध यस धर्तिमा अवतरित हुन भन्दा करिव २५००–३००० वर्ष अगाडि नै भएको हो । भगवान बुद्धको सम्बन्धमा यस धारधाममा आइ के के गर्नुहुन्छ तथा कुन प्रयोजनका लागि आउनु हुन्छ भन्ने सम्बन्धमा सोहि ग्रन्थको दोस्रो स्कन्ध अध्याय ७ श्लोक ३७ मा यस प्रकार बनाइएको छ ः
देवद्विषां निगमवतर्मनि निष्ठितानां
पूर्भिर्मयन विहिता भिर दृष्यतूर्भि ः ।
लोकान्हनतां मतिविमोहमति प्रलोभं
बेष विधाय बहु भाष्यत औपधम्र्यम् ।।
जबदेखि दैवीशक्तिप्रति द्वेष गर्ने अधर्मिहरूले वेदको मार्गलाई साहारा बनाएर मय दानवद्वारा निर्मित अदृष्य वेग युक्त विमान रुपी नगरमा रहेर लोकका व्यक्तिहरूलाई नाश गर्न लाग्छन् तव भगवान अत्यन्त सुन्दर भेष धारण गरेर बुद्धको रूपमा प्रकट भई सबको बुद्धि मोहित गरी अनेक उपधर्मको उपदेश गर्नुहुने छ ।
स्पष्ट रूपमा वैदिक शास्त्रहरूले भगवान बुद्धलाई भगवानको अवतारमा मात्र गणना गरी उल्लेख गरेका मात्र छैनन् कि उहाँको सम्पूर्ण विवरण (जन्म, उपदेश, उद्देश्य, स्थान, वातावरण आदि) स्पष्ट रूपले निक्र्योल बुद्ध कालिन समय भन्दा हजारौँ वर्ष अगाडि नै गरिदिएका छन् । श्रीमद् भागवत बुद्वको जन्म, जीवन, कर्म र उपदेश सम्बन्धमा यस प्रकार अनेक उल्लेख पाइन्छ । जो सबै यहाँ व्याख्या गर्न सम्भव नभएकाले उपरोक्त विषयमा चाख दिने पाठकहरूलाई श्रीमद भागवत, कल्कि पुराण र भविष्य पुराण पढ्ने सल्लाह दिन उपयुक्त ठान्दछु ।
YOUR COMMENTS