१८०८को मध्यमा डाल्टनले अणुको अभाज्यताको सिद्धान्त प्रतिपादन गरेको कुरा सर्वविदितै छ | १९११ मा रुथेर्फो र्डले अणुमा सकारात्मक चार्ज युक्त प्रोटोन तत्वो समेत हुने कुरा प्रमाणित गरे , र १९३२ को समयमा जेम्स चाडविक ले अणुको आधुनिक परिभाषामा चार्ज बिहिन निउट्रोनको पनि उपस्थिति हुने कुरा पत्ता लागाय |
जहाँसम्म सातत्यबादको सिद्दान्त (भौतिक विज्ञानमा अन्तरीक्ष र काल लाई परस्पर सम्बन्धित एकै बिषयको रुप मा गरिने अध्यन जसलाई मिन्कोवासकी पनि भनिन्छ) को प्रसंगमा त २०औं सताब्दी मा आइन्स्टाइन को सपेक्षताबादको विशेष सिद्दान्त प्रतिपादित भएपश्चात मात्र हालको बिज्ञान ले यससम्बन्धमा खोजि गर्न थालेको हो | भौतिक विज्ञानमा यस सम्बन्धमा धेरै कुराको अध्ययनको भर्खर सुरुवाती अवस्था नै चलिरहेको छ |
तर सबैलाई आश्चर्यचकित तुल्याउने गरि करिब ५१०० बर्ष अगाडी नै लेखिएको वैदिक ग्रन्थ श्रीमद भागवद महापुराण मा अणु – परमाणु को सिद्दान्तको प्रतिपादन र व्याख्या गरियको छ |
मैत्रेय उवाच
चरमः सद्विषेशानामनेकोसंयुतः सदा /
परमाणुः स विज्ञेयो नृणामैक्यभ्र्मो येतः //३.११.१
सम्पूर्ण भौतिक कार्यवर्ग को सूक्ष्मतम अंश-जसलाई थप टुक्रा पर्न सकिन्न र जो अन्य सुक्ष्मतम अंश संग संयोग पनि नभयको अवस्था लाइ परमाणु भनिन्छ | सम्पूर्ण बस्तुको बिलय पश्चात पनि परमाणु रहन्छ | सारा भौतिक बस्तु हरु यिनै परमाणु हरुको संग्रहित अवस्था हो, जसलाई मनुष्य वर्ग भ्रम बश बुझ्न सक्दैनन् |
सत एव पदार्थस्य स्वरुपावस्थितस्य यत् /
कैवल्यं परम-महान अविशेषो निरन्तरः // ३.११.२
परमाणु व्यक्त जगत को सुक्ष्म अवस्था हो | यो परमाणुको अवस्था प्रलय आदिको सम्पूर्ण बस्तुको बिघटन आदि हुदा समेत आफ्नो स्वोरुपभुत अवस्था मा नै रहन्छ | यिनै परमाणु को संघठन द्वारा नै पदार्थ को निर्माण हुन्छ |
अणु – परमाणु आदि को अवस्था भन्दा टाढा अर्को पनि तत्वो छ (परम-महान अविशेषो निरन्तरः) जो सर्वोच्च, परम सत्य, सनातन र असीमित छ | बिस्तृत रुपमा कनाद को परमाणुवादमा यसको ब्याख्या गरियको छ |
एवं कालोsप्यनुमितः सुक्ष्म्ये स्थौल्ये चा सत्तमा /
संस्थानभुक्त्या भगवान अव्यक्तो व्यक्तभुग विभुः // ३.११.३
यसै प्रकार पदार्थ समान समयको पनि आफ्नो मौलिक प्रकारको खण्ड बिभाग हुन्छ | समय को गणना भौतिक पदार्थको आणविक गतिका आधार मा गरिन्छ | आफु स्वोयं यो भौतिक जगत मा अव्यक्त हुदै पनि समयको गति ले अखिल ब्रह्माण्ड नायक भगवान श्री हरि सारा ब्रह्माण्डको संचालन गर्नु हुन्छ |
स कालः परमानुर्वै यो भुङ्क्ते परमाणुतां /
सतोsविशेषभुगयस्तु स कालः परमो महान // ३.११.४
आणविक समय अणुको निश्चित अधर अबधी का आधारमा गणना गरिन्छ | कुनैपनि अणु को अप्रकाशित पुर्णयोगको परिक्रमा गर्न लाग्ने समयसीमा लाई पनि परम महान भनिन्छ |
श्रील प्रभुपादको भिक्तिवेदांत टिकामा वर्णित छ : समय र अन्तरीक्ष एक अर्कासंग परस्पर सम्बन्धित बिषय हरु हुन् | समय अणुको निश्चित अधर अबधी का आधारमा गणना गरिन्छ | सूर्यको किरणले एक अणुको पार गर्न लाग्ने समय लाई आणविक समय भनिन्छ | प्रत्यक ग्रह तथा सूर्यको अन्तरिक्षमा आफ्नै कक्ष छ, जसमा ग्रहहरु परिक्रमा गर्ने गर्छन | अन्तरीक्ष लाई अणुको आधारमा मापन गरिन्छ | ग्रह आदि लगायत सम्पूर्ण सृष्टि, पालन तथा प्रलयको सम्पूर्ण गतिको एकीकृत गणना लाई महाकाल वा परम महान पनि भनिन्छ |
अणुर्द्वौ परमाणू स्यत्त्रसरेणुस्त्रयः स्मृतः |
जलर्करश्म्यवगतः खमेवानुपतन्न्गात् ||५||
दुइओटा परमाणु मिलेर एउटा अणु हुन्छ अनि तीनओटा अणु मिलेर एउटा त्रसरेणु बन्छ, जसलाई झ्याल ढोका का दुलाबाट छिर्ने सूर्य को प्रकाशमा आकाश तर्फ उडेको देख्न सकिन्छ |
भागवतअनुसार परमाणु कहिलेपनि एकअर्कामा बिलय हुदैनन्, बरु परस्पर नजिक आएर विशिष्ट गुणयुक्त पदार्थ निर्माण भयको आभास गराउछन | हालसालै आएर आधुनिक बिज्ञानमा पनि अणु हरुमा आफ्नो विशिष्ट गुण हुने तर यसको उप परमाणिक कण हरुको कुनै तेस्तो विशिष्ट गुण नहुने कुरा प्रमाणित भयको छ | साथै आधुनिक बिज्ञान ले श्रीमद भागवद्को कुरा लाई थप पुष्टी गर्दै उप परमाणिक कण हरु एक अर्का संग नजोडी टाढा टाढा रहने कुरा समेत स्वीकारेको छ | परमाणु को प्रोटोन र इलेक्ट्रोनको दुरी व्यास को ४०००० गुणा हुनेगर्दछ |
५१०० बर्ष अगाडी लेखिएको श्रीमद भागवाद महापुराणमा पदार्थ र समय लाई एकार्का संग अन्तर्सम्बन्धित बिषय को रुप मा गरिएको व्याख्या समान आधुनिक बिज्ञान ले पनि पदार्थ र समय लाई एकार्का संग अन्तर्सम्बन्धित बिषय को रुप मा Space time Continuum को सिद्दान्तको प्रतिपादन गरेको छ | समय अव्यक्त छ तर यसले व्यक्त ब्रह्माण्डको उपभोग गर्छ | समयले हेरक अवस्था र पदार्थमा विशिष्ट प्रकारले आफ्नो उपस्थिति जनाउने हुनाले एसलाई विभु पनि भनिन्छ | पदार्थ को सुक्ष्म कण परमाणु भय जस्तै समयको सुक्ष्म एकाई लाई पनि परमाणु नै भनिन्छ, जो सेकन्ड भन्दा लाखौ गुणा कम हुन्छ | परिशुद्ध रुपमा भन्नुपर्दा भागवद अनुशार एक परमाणु भनेको ०.००००३२ सेकन्ड बराबर हुन्छ |
त्रासरेणुत्रिकं भुङ्क्ते यः कालः स त्रुटिः स्मृतिः |
शतभगस्तु वेधः स्यत्तैस्त्रिभीस्तु लवः स्मृतः ||६||
सूर्यको किरण लाई तिन त्रसरेणू पार गर्न लाग्ने समय लाई त्रुटी भनिन्छ | सय त्रुटी को एक भेद हुन्छ अनि तिन भेद को एक लव हुन्छ |
आधुनिक समय को अनुपातमा भन्नुपर्दा एक त्रुटी भनेको सेकन्ड को १६८७.५ औं भाग हो, जो १८ एकिकृत परमाणिक कण पार गर्ने समय हो | यसप्रकार विभिन्न आकृति मा हुने परमाणुको संयोग ले भौतिक समयको गणना हुन्छ | सूर्य सम्पूर्ण गणना को केन्द्र हो |
निमेषस्त्रिलवो ज्ञेय अम्नातस्ते त्रयः क्षणः |
क्षणान् पञ्च विदुः काष्ठाम् लघु ता दश पञ्च च ||७||
लघूनि वै समाम्नाता दश पञ्च नाडिका |
ते द्वे मुहूर्तः प्रहरः षड्यामः सप्त वा नृणाम् ||८||
द्वादशार्धपलोन्मानं चातुर्भिश्चतुरङ्गुलैः |
स्वर्णमाषैः क्रिताच्चिद्रम यावात्प्रस्र्हजलाप्लुतम ||९||
तिन लव बराबर एक निमेष, तिन निमेष को एक क्षण, पाँच क्षण को एक काष्ठ, पन्ध्र काष्ठ को एक लघु हुन्छ | त्यसै गरि १५ लघु को एक नाड़िका (दण्ड), दुइ नाडिका को एक मुहुर्त, अनि ६ वा ७ दण्ड को एक प्रहर हुन्छ | प्रहर मानवीय गणना अनुसार दिन वा रात को एक चौथाई हुने गर्छ | नडिका नाप्नका लागि ६ पल भारको १ प्रस्थ जल अट्ने तामाको भाँडो मा ४ मासको ४ अन्गुल लामो सुनको सलेदो बनाई पिधमा दुलो बनाई भाडो लाई पानीमा छाड्ने | भाडो पानीमा डुब्न लाग्ने समय लाई नडिका भनिन्छ |
यामाश्चत्वारो मर्त्यानाम्हानी उभे |
पक्षः पन्च-दशाहानी शुक्लः कृष्णश्च मानद ||१०||
तयोः समुच्चयो मसः पितृणाम् तदहर्निशम् |
द्वौ तवृतुः षड्यानम् दक्षिणम् चोत्तरम् दिवि ||११||
अयने चाहानी प्रहुर्वत्सरो द्वादश स्मृतः |
सम्वात्सरशतम् नल्र्रीर्णाम् परमयुर्निरुपितम् ||१२||
ग्रहर्क्षताराचक्रस्थः परमाणवादिना जगत् |
सम्वात्सरावसानेन पर्येत्यनिमिषो विभुः ||१३||
दिन र रातमा ४-४ प्रहर हुन्छन जसलाई यम पनि भनिन्छ | त्यस्तै १५ दिन को पक्ष हुन्छ | पक्ष दुइ प्रकारका हुन्छन | कृष्ण पक्ष र सुक्ल पक्ष | दुइ पक्ष को महिना हुन्छ जो पितृ लोकमा दिन र रात समान हुन्छ | २ महिना को १ ऋतु हुन्छ अनि ३ ऋतु को १ अयन हुन्छ | अयन पनि दुइ प्रकारक छन् | दक्षिणायन र उत्तरायण मिलेर मनुष्य गणना अनुशार १ बर्ष हुन्छ जो देवताहरुको १ दिन र १ रात समान हुन्छ | सामान्य अवस्थामा मानव आयु येस्ता १०० बर्ष को हुन्छ | चन्द्र, नवग्रह, समस्त तारा मण्डल, स्वयम् सूर्य आदि देखि परमाणु सम्म सबै काल को चक्र कै आधारमा आफ्नो आफ्नो अक्ष मा घुम्दछन |
संवत्सरः परिवत्सर इडावत्सर एव च |
अनुवात्सरो वत्सरत्श्च विदुरैवं प्रभाष्यते ||१४||
सूर्य, चन्द्र, बृहस्पति, सवन र नक्षत्र सबैका आफ्ना अक्ष र संवत्सर आदि हुन्छन |
आधुनिक समय गणना अनुसार वैदिक समयको तुलना गर्दा १ त्रुटी = ८/१३५०० सेकन्ड, १ भेद = ८/१३५ सेकन्ड, १ लव = ५/४५ सेकन्ड, १ निमेष = ८/१५ सेकन्ड, १ क्षण = ८/५ सेकन्ड, १ काष्ठ = ८ सेकन्ड, १ लघु = २ मिनेट, १ दण्ड = ३० मिनेट, १ प्रहर = ३ घण्टा, १ दिन १२ घण्टा, १ रात = १२ घण्टा, १ पक्ष = १५ दिन, २ पक्ष = १ महिना हुन आउछ | १२ महिना को पुरा बार्षिक पात्रो वा सूर्यको पूर्ण अक्ष हुन्छ |
श्लोक ३.११.६ मा स्पस्ट रुपमा समय पदार्थ संगको सम्बन्धमा गणना गर्दै अगाडी अन्तरीक्ष-समय परिभ्रमण (स्पेस टाइम ट्राभल) पनि स्पष्टता पुर्वक बाख्या गरियको छ |
मत्रेय उवाच
कृतम् त्रेता द्वापरम् च कलिश्चेति चतुर्युगम् |
दिव्यैर्द्वादशभिर्वर्षै सावधनम् निरुपितम् ||१८||
चत्वारि त्रिणी द्वे चैकम् कृतादिषू यथाक्रमं |
शंख्यातानि सह्स्त्राणी द्विगुणानि शतनि च ||१९||
मैत्रयजी भन्नु हुन्छ : हे बिदुर सत्य, त्रेता, द्वापर, कलि नाम गरेका ४ युग हरु छन् जसमा संयुक्त रुपमा १२हजार दैवी बर्ष हुन्छन | सत्य युग ४८०० दैवि बर्ष, त्रेता ३६००, द्वापर २४०० अनि कलि १२०० दैवी बर्ष का हुन्छन |
स्वं स्वं कालं मनुर्भुङ्त्ते सधिकाम् ह्येकसप्ततिम् ||२४||
प्रत्यक मनु ले यस्ता ७१ चतुर्युग को भोग गर्छन जसलाई मन्मंतर भनिन्छ | सरल रुपमा हेर्दा सत्य युग मानवीय गणना अनुशार १७२८००० बर्ष हुन्छ | त्यसै गरि त्रेता १२९६००० बर्ष, द्वापर ८६४००० बर्ष अनि कलि ४३२००० बर्ष हुन आउछ | ४ युगको १ दिव्ययुग हुन आउछ अनि ७१ दिव्य युगको १ मन्मंतर हुन्छ | १४ मन्मंतर ब्रम्हलोकामा ब्रह्माको १२ घण्टा हुन्छ | देव लोकमा १ बर्ष बित्दा यहाँ ३६० मानवीय बर्ष हरु बित्दछ्न | यस हिसाबले मनु को आयु हाम्रो गणना अनुशार ८५२००० दैवी बर्ष गुणा ३६० (करिब ३०६७२००००) बर्ष हुन जान्छ | ब्रह्म लोकमा १ दिन को समयावधि हुदा १४ मन्मंतर सकिने हुदा ब्रम्हाको १ दिन (१२ घण्टा) भनेको हाम्रो हिसाबमा ४२९४०८०००० बर्ष हुन्छ | यस्ता १०० बर्षको ब्रम्हको आयु हुदा हाम्रो गणना अनुशार पृथ्वीमा करिव ३११०४०००००००००० बर्ष बित्दछ |
निमेष उपचर्यते | अव्यक्रितस्यनान्तस्य ह्यानदेर्जगदत्मनः || ३.११.३७ ||
कालोऽयं परमन्वदिर्द्विपरार्धन्त ईश्वरः |
नैवेषितुं प्रभुर्भुम्न ईश्वरो धामामनिनाम् ||३.११.३८||
ब्रम्हाको दुइ परार्ध (१०० बर्ष) बराबर अपरिबर्तनीय ब्रह्माण्ड नायक कारणसागरमा शयन गर्नुहुने महाविष्णुको १ निमेष बराबर हुन्छ | नित्य सनातन काल नै निश्चित रुपमा परमाणु देखी ब्रह्माको जीवन सम्म सम्पूर्ण अयम हरुको नियन्त्रक हो, तर काल स्वोयम् भगवान द्वारा नियन्त्रित छ | सत्यलोक देखी मर्त्य-पाताललोक पर्यन्त भौतिक शारीरिक बस्तुलाई नै सबिथोक ठान्ने सम्पूर्ण जीव काल कै अधीन मा छन | तर साक्ष्याद अध्यात्मिक आकाश पुर्णरुपमा असंदिग्ध सत्य धरातलमा अवस्थित भयकाले समयको सिमा भन्दा पर छ | त्यहा समय को पावन्दी लाग्दैन, नित्य छ, सनातन छ | यस अध्यायमा मैत्रेयजीले परमाणु-अणु देखी अन्तरिक्ष, र त्रुटी देखी ब्रम्हाको आयु अनि पूर्ण सत्य सनातन अध्यात्मिक आकाश सम्मको बहुआयमिक बिचरणीय बिषय को सरल ढङ्ग बाट ब्याख्या गर्नुभयको छ |
थप उपरोक्त विषयमा थप प्रष्टता दिनका लागि अन्तरीक्ष-समय परिभ्रमण (स्पेस टाइम ट्राभल) को अनेक उधारणहरु छन, जसमध्य राजा ककुध्मि र उनकी छोरी रेवतीको ब्रह्मलोकको प्रसंग प्रख्यात छ | एकपटक सूर्यवंशी राजा ककुध्मि आफ़्नि परम सुन्दरी छोरी रेवतिका लगी योग्य वर को हुन सक्छ यो भौतिक जगत्मा भानि सोध्न ब्रह्मलोक गय | राजा र राजकुमारी ब्रह्मलोक पुग्द ब्रह्माजी गन्धर्व हरुको संगीत सुन्दैहुनुहुन्थ्यो | धैर्यता पूर्वक पर्खेर ब्रह्माको फ़ुर्सद् भयापछि राजनले आफ़्नो आउनु को कारण बताउदै केहि योग्य वरहरुको नाम पनि लिय | राजाको कुरा सुनेर ब्रह्माजी हास्दै बिभिन्न ग्रहहरुमा समय भिन्न भिन्न आयाममा चल्ने कुरा बुझाउन थाल्नु भयो :
तत्पुत्रापौत्रानपित्रिनां गोत्राणि च न स्रिन्महे |
कालोsभियातस त्रिनवचातुर्युगविकल्पितः ||
हे राजन ! तिमिले छोरिको हात दिनका लागी जति नाम लियौ ति सबै कालद्वारा ग्रसित भैसके | तिम्रो यो यात्राको समयमा पृथ्वीमा २७ दिव्ययुग सकिसक्यो | जती राजा आदिको नाम लियौ ती सबै काल को मुखमा परिसके | तिनका नाम गोत्र समेत सुनिदैन | तिम्रा मन्त्री, सैनिक, आफन्त आदि कोहि पनि जीवित छैनन् | तिम्रो राजपाठ, राजकोश आदि सबै काल द्वारा ग्रसित भैसक्यो |
ब्रह्माजी को यस्तो बचन सुनेर राजा ककुध्मी आश्चर्यचकित भए | ब्रह्माले राजाको अवस्था देखेर स्वयं भगवानका अंश बलरामजी पृथ्वीमा अवतरित हुनुभयको र बलरामजी रेवतिका लागि योग्य वर हुनुहुन्छ भनि सान्तोना दिनु भयो | जब राजा ककुध्मी र रेवती पृथ्वीमा फिर्ता आउनु भयो यहाँ को परिवर्तन देखि अचम्मित हुनुभयो | केहि समय अगाडी मात्र पृथ्वी छाडेको जस्तो लाग्थ्यो तर यहाँ त अनेकन युगहरु वितिसकेछ्न | ब्रह्मलोक जादाको समय भन्दा अहिले अध्यात्मिक संस्कार आदि मा कमि आउनुका साथै ब्यक्ति हरु शारीरिक रुपमा क्षीण, शक्ति हिन र मन्द बुद्धि भयको देख्नुभयो |
अर्को प्रसंग भगवान श्री राम क पुर्खा राजा मुचुकुंद को चरितमा देख्न सक्छौ | इच्छ्कु बंशीय राजा मुचुकुंद असुर द्वारा सताईएका देवताहरुको सहयोगार्थ स्वोर्गलोक जानुभयो | बहुतकाल सम्म मुचुकुंदले सेनापतिको रुपमा देवताहरुको रक्षा गर्नुभयो | जब देवताहरुले कार्तिकेय लाई आफ्नो सेनापतिको रुपमा प्राप्त गरे तब इन्द्र आएर मुचुकुंद संग भन्न लागे: हे राजन ! हामी हजुरप्रती आभारी छौ | हजुरले सारा परिवार, राज्य, आदि त्यागेर यहाँ स्वोर्ग आइ हामीलाई सहयोग गर्नुभयो | यहाँ स्वोर्गमा १ बर्ष बित्दा वहा पृथ्वीमा ३६० बर्ष बित्ने हुदा पृथ्वीमा तपाइको राज्य तथा परिवारको अवशेष पनि छैन | समयको चक्रमा सबै पिसिसके | हजुर पृथ्वीको त्रेतायुगमा आउनुभएको अब त्यहा द्वापर लागिसक्यो | त्येसैले हे राजन! मोक्ष बाहेकको बरदान माग्नुहोस किनभने मोक्ष हाम्रो क्षमता भन्दा बहिता छ, मोक्षदाता त केवल श्री हरि हुनुहुन्छ |
देवताहरुको पक्षबाट युद्ध गर्दा मुचुकुन्दले सुत्न पाउनु भयको थियन, त्यसैले देवराज संग लामो चैन को निन्द्रा माग्नु भयो | साथमा जसले मलाई निन्द्राको बिचमा ब्यबधान पुर्याउछ त्यो तुरुन्तै खरानी होस् अनि मेरो निन्द्रा खुल्दा पहिलो दर्शन भगवान श्री हरिको होस् भनि बरदान माग्नु भयो | यता कालयवन भगवान श्रीकृष्ण संग युद्ध गर्ने मनसाय ले आयो | भगवान भाग्दै मुचुकुंद सुतेको गुफाभित्र जानुभयो | सुतिराखेको मुचुकुंद लाइ आध्यारोमा भगवान कृष्ण सोची कालयवन ले एक लात्ती हान्यो | मुचुकुन्द्को निन्द्रामा ब्यबधान पुर्याएका कारण कालयवन तुरुन्तै खरानी भयो अनि मुचुकुंद उठ्नुभयो र भगवान श्री हरि को दर्शन गर्नुभयो |
अर्को उदहारण दतात्रय ले परशुरामलाई सुनाउनु भयको त्रिपुर रहस्यको गन्दसैलावालोकनममा पनि देख्नासकीन्छ | वंगको राजा सुशेणले आफ्नो भाइ महासेन लाई अश्वोमेध यज्ञका लागि घोडा सहित बिश्वो विजयका लागि पठाएका थिय | सेनादल तंगन ऋषी को आश्रम हुदै जादा ऋषी प्रति कुनै सम्मान नदेखेको कारणले ऋषी पुत्र क्रोधमा आइ घोडा हरण गरि घोडाको रक्षा गर्न युद्ध गर्न लागे | जब सेनाले सबैतर्फ बाट घेरे तब ऋषी पुत्र पहाड भित्र प्रवेश गरे | यो देखि सबै सेनाहरुले पहाडलाई नै आक्रमण गर्न लागे | पहाडको भित्रबाट बिशाल सैन्यशक्ति सहित ऋषीपुत्र ले पुन आक्रमण गरि सुशेणको सेनालाई पराजित गरे | केहि सेना सहित महासेन भागेर गइ आफ्नो दाईलाई सबै घटनाको बेलिबिस्तार लागाय | सुशेणले आफ्नो भाईलाई ऋषी संग माफी मागी घोडा फिर्ता ल्याउन आदेश दिए |
दाजुको आज्ञा अनुशारगरि घोडा फिर्ता ल्याए तर महासेन लै पहाडको बारेमा जान्ने तिब्र इच्छा भयो | ऋषी पुत्रले महासेनको इच्छा बुझी महासेणको भौतिक शरीरलाइ पहाडबाहिरै राखी सुक्ष्म शरीर लाई पहाड भित्र लिएर गए | भित्र गएपछि सारा सौर्य मण्डल, तारा आदि सब देखे | सारा चन्द्र, सूर्य आदि लोक को भ्रमण गर्दै ऋषी पुत्रको सहयोगले सारा स्वोर्ग आदि लोकको भ्रमण गरे | सारा पृथ्वी आदि भ्रमण गरि पृथ्वी भन्दा बाहिरी लोक आदि सबै को भ्रमण गरि ऋषीको योगीक शक्ति देखि अचम्मित पर्यो | जब केहि बेरको भ्रमण पछि महासेन बाहिर आयो तब सारा जगत परिवर्तन भैसकेको थियो | ऋषी संग प्रश्न गर्दा जब ऋषि पुत्रले केहि घण्टा उक्त पहाड भित्रबाट लोकालोक को भ्रमण गर्दा यता १२०००००००० बर्ष बितिसकेको सत्यता बताय तब महाशेन बहुतै आचाम्मित भयो |
हाम्रा वैदिक ग्रन्थ हरुमा कसरि आधुनिक विज्ञानमा बल्ल अध्यन सुरुभयका वा भर्खर केहि दशक अगाडी प्रमाणित भयका अणु-परमाणु तथा अन्तरिक्ष काल – सतत्यबाद संबन्धि उपलब्धिहरु कति सरल र स्पस्ट रुपमा वर्णित छन् भन्ने कुराक यी केहि उदहारण मात्र हुन् | वास्तवमा यतिमात्र नभई श्रीमद्भागवतले व्येक्तिलाई अन्तिम परिपूर्ण अवस्था, बिशुद्ध सत्वो अनादि, सर्व कारण का पनि कारक, सम्पूर्ण ज्ञान, बिज्ञान, प्रज्ञान आदिका पनि उदेश्य भगवान श्री कृष्णचन्द्र को तत्वो सम्बन्धमा उपदेश गर्दछ जो भौतिकता तथा समय को पावन्दी भन्दा बाहिर भयकाकारण हाम्रो भौतिक काम, क्रोध, लोभ, मोह आदि विकार युक्त चेतनाले वास्तवमा बुझ्न सक्दैन |
YOUR COMMENTS